बैंकहरुले कर्जा ठप्प पारेर निक्षेप बढाए, सीडी रेसियो घट्यो

<p>काठमाडौं । बैंकहरुले कर्जा प्रवाह ठप्प पारेर निक्षेप बढाएका छन् । बैंकहरुले लगानीयोग्य रकम नभएको भन्दै कर्जा प्रवाह रोकेका थिए । जसले गर्दा बैंकहरुको निक्षेप बढेको छ । वाणिज्य बैंकहरुमा एक साताको अवधिमा ८ अर्ब रुपैयाँ निक्षेप बढेको छ । गत असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ८ अर्ब रुपैयाँ बढेर [&hellip;]</p>

काठमाडौं । बैंकहरुले कर्जा प्रवाह ठप्प पारेर निक्षेप बढाएका छन् । बैंकहरुले लगानीयोग्य रकम नभएको भन्दै कर्जा प्रवाह रोकेका थिए । जसले गर्दा बैंकहरुको निक्षेप बढेको छ ।

वाणिज्य बैंकहरुमा एक साताको अवधिमा ८ अर्ब रुपैयाँ निक्षेप बढेको छ । गत असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ८ अर्ब रुपैयाँ बढेर असोज २८ गतेसम्म ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।

असोज महिना भरिमा बैंकहरुमा २८ अर्ब रुपैयाँ निक्षेप भित्रिएको छ । गत भदौ मसान्तसम्ममा बैंकहरुको निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै, एक साताको अवधिमा बैंकहरुले १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोज २१ गतेसम्म ४१ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेका बैंकहरुले ६२ करोड बढाएर ४१ खर्ब ९३ अर्ब ६२ करोड रुपैयाँ प्रवाह गरेका छन् ।

असोज महिनाभरिमा भने ३ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । यसअघि भदौ मसान्तसम्ममा बैंकहरुको कर्जा ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो ।

नेपाल बैंकर्स संघका अनुसार सीडी रेसियो ८६.९६ प्रतिशत रहेको छ ।

Share News