काठमाडौं । एनएमबि लघुवित्त संस्थाको नायव कार्यकारी प्रमुखमा बिरु राम जैशी नियुक्त भएका छन् । लघुवित्तको असोज १७ गते बसेको संचालक समितीको बैठकले जैशीलाई नायव कार्यकारी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।
एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो ।
यस वित्तीय संस्थाले देशका सात वटै प्रदेश अन्तर्गत ६८ जिल्लाका विभिन्न स्थानहरुमा १४८ वटा शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी करिब १ लाख उन्नाईस हजार विपन्न घरपरिवारका सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।