काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले आइतबार भारतीय आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जनाएको छ ।
मूल्य बढेर आएपनि निगमले हाललाई पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्य यथावत राख्ने निर्णय गरेको जानकारी दिएको छ ।
नयाँ मूल्यसूची अुनसार पेट्रोलमा १।७४ रूपैयाँ प्रतिलिटर, डिजेलमा १५.६० प्रति लिटर र हवाइ इन्धनमा १०.२५ रूपैयाँ प्रतिलिटर बढेर आएको छ ।
योसँगै, निगमलाई डिजेलमा ६।३४ रूपैयाँ प्रतिलिटर र खाना पकाउने ग्यासमा ३२५.४४ रूपैयाँ प्रतिसिलिन्डर घाटा हुने बताइएको छ । पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा भने निगमलाई केही नाफा नै छ ।