सानिमा बैंकको थ्रि इना वान खातामा सि–आस्वा तथा मेरो सेयर सुविधा

<p>काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्रि इन वान खाताको प्रणाली अपग्रेड गरेको छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै थ्रि इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ्ग खाताका साथै सिआस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन् साथै, थ्रि इन [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई सेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्रि इन वान खाताको प्रणाली अपग्रेड गरेको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै थ्रि इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ्ग खाताका साथै सिआस्वा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन्

साथै, थ्रि इन वान पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रकृयाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरेको छ । यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइट मार्फत आवेदन दिन सक्नेछन् । खाता भइसकेका ग्राहकले समेत यसबाट सिआस्वा तथा मेरो सेयरको सुविधा लिन सक्नेछन् ।

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा संचालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइन मार्फत् दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन् । यो खाता खोल्नका लागि सानिमा बैंकका नयाँ तथा पुराना ग्राहकले बैंकको वेबसाइटबाट थ्रि इन वानमा अकाउन्ट किल्क गरी आवश्यक विवरण भरी आवेदन दिनुपर्नेछ ।

आइपीओ मार्फत् सेयर खरिद गरेका ग्राहकहरुले समेत केही प्रकृयाहरु पूरा गरी सानिमा थ्रि इन वान खाता मार्फत सजिलै सेयर बिक्री गर्न मिल्ने सुविधा यस खातामा रहेको छ ।

सानिमा बैंककोे सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

Share News