बैंक अफ काठमाण्डूको ब्याजदर सार्वजनिक, बेसरेट १०.२८ प्रतिशत

<p>काठमाडौं । बैंक अफ काठमाण्डूले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति [&hellip;]</p>

काठमाडौं । बैंक अफ काठमाण्डूले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेपमा असोज महिनाको ब्याजदरलाई निरन्तरता दिएको छ ।

बैंकले कात्तिक महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागत तर्फ १०.१३३ प्रतिशत र ब्यक्तिगततर्फ १२.१३३ प्रतिशतसम्म ब्याजदर निर्धार गरेको छ ।

बैंकले कर्जाको ब्याजदरमा भने बेसरेटमा ८ प्रतिशतसम्म प्रिमियम लिने भएको छ । बैंकको भदौ महिनासम्म बेसरेट १०.२८ प्रतिशत रहेको छ भने एभरेज बेसर रेट गत असार मसान्तसम्ममा ९.२६ प्रतिशत रहेको छ । बैंकको इन्ट्रेस्ट स्प्रेड भदौसम्म ४.३१ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको बेसरेट पनि बढेको छ । यसअघि बैंकको बेसरेट १०.०४ प्रतिशत रहेको थियो भने बैंकको इन्ट्रेस्ट स्प्रेड रेट साउनसम्म ३.८५ प्रतिशत थियो ।

Share News