काठमाडौं । कुमारी बैंकले आगामी कार्त्तिक १४ गते बुक क्लोज गर्ने भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश प्रयोजनको लागि उक्त एकदिन बुक क्लोज गर्न लागेको हो ।
हाल कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकबीच मर्जर प्रकृया अघि बढेकोले असोज ११ गतेदेखि नै संस्थाको सेयर कारोबार बन्द रहेको छ । यससँगै नेप्सेमा असोज ११ गतेभन्दा अघिसम्म सेयर कारोबार भएकाले कार्त्तिक १४ गतेभित्र सेयरधनी दर्ता कितावमा दाखिल खारेज नामसारी भई सेयर कायम रहेका सेयरधनीहरु प्रस्तावित लाभांश पाउन योग्य हुने बैंकले जानकारी गराएको छ ।
बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरिसकेको छ । उक्त लाभांश अब बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।