काठमाडौं । निर्वाचन आयोगले सहरी विकास मन्त्री मेटमणि चौधरीलाई पत्र काटी स्पस्टीकरण मागेको छ । आयोगले मन्त्री चौधरीलाई चामल वितरण गरेको विषयमा २४ घण्टाभित्र स्पस्टीकरण दिन भनेकाे छ ।
चौधरीले शनिबार देउखुरीका चार वटा स्थानीय तहलाई ५० क्विन्टल दरले दुई सय क्विन्टल चामल वितरण गरेका थिए । चौधरीलाई भोट प्रभावित गर्ने उद्देश्यले बाढी पीडितको नाममा चामल बाँडिएको आरोप विपक्षीले लगाएका छन् ।
निर्वाचन आयोगको अनुसार निर्वाचनको समयमा मन्त्रीहरू अघि सरेर गर्ने जुनसुकै काम पनि निर्वाचन आचार संहिता विपरीत हुन्छ ।