
काठमाडौं । एनसीसी बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । बैंकको शनिबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३.३६ प्रतिशत बोनस ७.६३ प्रतिशत नगद गरी कुल १०.९९ प्रतिशत लाभाश दिने प्रस्ताव गरेको बताएको छ ।
एनसीसी बैंक र कुमारी बैंकबीच बराबरी स्वाप रेसियोमा मर्जर सम्झौता भइसकेको छ । कुमारी बैंकले पनि लाभांश प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृत पनि पाइसकेको छ । बैंकले १२.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।