
काठमाडौं । शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।
मुटु र प्रोष्टेटमा समस्या रहेका जोशीलाई असोज ७ गते किष्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण भएको र केही दिन सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन ।
अस्पतालमा जोशीलाई मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी र नेफ्रोलोजी का चिकित्सकले संयुक्त जाँच गर्दै आएका थिए ।