काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले हाल ११ जना युवाले १ जना वृद्धलाई पाल्नुपर्ने अवस्था रहेको बताएका छन् । उनले ११ जनाले १ जनालाई पाल्नु पर्ने अवस्था भएपनि अबको २५ वर्षपछि भने ४ जना युवाले १ जनालाई मात्रै पाल्नुपर्ने अवस्था आउने उनको भनाई छ । शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) को कार्यक्रममा बोल्दै उनले खासै ठूलो प्रगति नहुने उनले बताए ।
‘अहिले ११ जना युवाले काम गरेर १ जना वृद्धा पाल्नुपर्ने अवस्था छ, सन् २०५० पछि ४ जना युवाले काम गरेर १ जना वृद्धालाई पाल्नुपर्ने अवस्था आउन सक्छ, अहिले जिडिपीको अनुपातमा उद्योगहरुको योगदान ५ प्रतिशत छ, कम्तिमा १२ देखि २५ प्रतिशतसम्म पुर्याउनुपर्छ,’ उनले भने, ‘उद्योग बिस्तार भन्दा पनि नाङ्ले व्यापारमा लागेको भन्दै अन्य देशमा सेवा क्षेत्र भन्दा साथ लेखा परीक्षक, टेलिकम, ढुवानी, बैंकिङ र आर्टिटेक्टहरु भनेर बुझ्छन् ।’
नेपाल सिंगापुर र स्विट्जल्याण्ड बन्न नसके पनि प्रतिव्यक्ति आयको हिसावले श्रीलंकको अवस्थामा पुर्याउन सकिने बताए । उनले अहिले श्रीलंको ३९ सय प्रतिव्यक्ति आय रहेको बताए । नेपालमा अबको तीन÷चार वर्षमा पञ्चायत र राजतन्त्र फाल्नुपर्छ भनेर आन्दोलन गर्ने नेतृत्व बिस्थापित भइ युवा पुस्ताले नेतृत्व पाउने बताए ।
अहिले नेपालमा राजनीतिक परिवर्तन आएको भए राजनीतिक फड्को मारेर १२ देखि १३ सय प्रतिव्यक्ति आयबाट नेपालीको प्रतिव्यक्ति आय ४ हजार डलर पुग्ने अवस्था भएपनि त्यस्तो हुन नसकेको बताए । त्यस्तो हुन नसक्नु युवाहरुलाई राजनीतिकमा आउन झ्याल ढोका नै बन्द गर्ने अवस्थाले खतराको अवस्था देखिएको उनले बताए । योजना, भूराजनीतिक अवस्था,पूर्वाधार विकास र नेपालको डेमोग्राफिक परिवर्तनलाई बुझेर मुलुक सञ्चालन गर्नसक्ने नेतृत्व नभएको उनको भनाइ छ ।