काठमाडाैं । विभिन्न वस्तु निर्यातमा ८ प्रतिशत अनुदान पाइने भएकाे छ । सरकारले शुक्रबार ‘निर्यात अनुदान प्रदान गर्ने सम्बन्धि (दोस्रो संशोधन) कार्यविधि २०७९’ लागू गरेसँगै विभिन्न वस्तु निर्यातमा ८ प्रतिशत अनुदान पाइने भएकाे हाे ।
कार्यविधी अनुसार सिमेन्ट, स्टील, फुटवेयर, क्लिंकर, प्रशोधित पानी, सूचनाप्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता वस्तुहरुले ८ प्रतिशत अनुदान पाउने छन् ।
अर्थमन्त्री जनार्दन शर्माले २०७९/८० को बजेटमार्फत निर्यातमा ८ प्रतिशतसम्म छुट दिने घोषणा गरेका थिए । जेठ महिनामै कार्यविधि संशोधन गर्ने योजना रहे पनि वाणिज्य मन्त्रालयले कार्यविधि बनाउन ढिलाइ गरेकाे थियाे ।
यस्तो छ कार्यविधि
[pdf id=357793]