काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले महँगा गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिइएको छ । उद्योग मन्त्रालयले चार वस्तुमाथि लगाइएको प्रतिबन्ध मंसिरसम्म यथावत राख्ने निर्णय गरेको हो ।
यसअघि सरकारले ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यान, मदिराको आयात प्रतिबन्ध गरेको थियो । अब सो प्रतिबन्ध मंसिरसम्मका लागि यथावत राख्ने निर्णय गरेको हो ।