मेरा लागि तरलताको समस्या केही होइन : राजन सिंह भण्डारी

<p>काठमाडाैं ।सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले आफ्नो लागि तरलता अभाव केही पनि नभएको बताएका छन् । शुक्रबार द एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक कार्यक्रममा उनले तरलताको समस्या आफ्नो लागि केही पनि नभएका बताएका हुन् । ‘यो लिक्वीडिटीको समस्या मेरा लागि केही पनि होइन, देशमा राजनीति नसुध्रिएर केही पनि [&hellip;]</p>

काठमाडाैं ।सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले आफ्नो लागि तरलता अभाव केही पनि नभएको बताएका छन् । शुक्रबार द एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दीगो आर्थिक विकास विषयक कार्यक्रममा उनले तरलताको समस्या आफ्नो लागि केही पनि नभएका बताएका हुन् ।

‘यो लिक्वीडिटीको समस्या मेरा लागि केही पनि होइन, देशमा राजनीति नसुध्रिएर केही पनि हुँदैन, यो मुलुकमा १८ घण्टा लोडसेटिङ हुन्थ्यो, यो हटाएको क्रेडिट कुलमान घिसिङलाई जान्छ तर उनको कार्यकाल समाप्त हुँदा थप गरिएन,’ उनले भने, ‘विद्युत क्षेत्रमा कुलमान घिसिङ जस्तै आर्थिक क्षेत्र, स्वास्थ्य क्षेत्र, सामाजिक क्षेत्रमा पनि कुलमान जस्तै ब्यक्ति छन् तर ति कुलमान चिन्न सरकारले सकेको छैन, जुन दिन चिन्छ त्यो दिन सकिन्छ ।’

उनले आफू प्रयासमा विश्वास नगरेर रिजल्टमा विश्वास गर्ने बताए । आफू बैंकर नि भएकाले नतिजामा विश्वास गर्ने संस्कारबाट आएको उनको भनाइ छ । बैंकिङ्ग क्षेत्रमा अनुशासनले महत्वपूर्ण अर्थ राख्ने गरेको उनले बताए ।

उनले बैंकरहरुले कऋण नलिने गरेको बताए । तर बैंकरहरुले अरुलाई ऋण दिँदा घुस लिने समस्याले बैंकिङ प्रणालीमा विकृति भित्रिएको उनको धारणा छ । देशमा बिकास गर्ने हो भने सीईओ (प्रधानमन्त्री) को क्षमता बलियो हुनु पर्ने उनले बताए । राजनीतिक पार्टीले देशको सीईओमा अब्बल ब्यक्ति दिनुपर्ने हुन्छ । तर राजनीतिमा नितिगत स्पष्टता नहुँदा बिकाश नभएको उनले बताए ।

मुलुकको विकास गर्न संरचना नै परिवर्तन हुनु पर्ने उनले बताए ।

 

Share News