काठमाडौं । चाडपर्वकाे अवसरमा आईएमईले संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ अफर अन्तर्गत पाँचौं र छैठौं हप्ताका विजेता सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौंकाे पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राही सान्त्वना धोधरी र जीतमान गोम्बो तमाङ्ग पाँचौं हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।
यस्तै, पदम कुमारी विक र किशोर तमाङ्ग छैठौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरूले ओमान र मलेशियाबाट आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए । चारै जना साप्ताहिक विजेताले २५ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै, अहम्मद अब्दुल्ला खामिस अल हसामी, प्रेमप्रसाद बाँस्कोटा, सबिन थोप्रा, संजीवकुमार शाह, आशिष सोनाम, नइन्द्र गुरुङ र रबी बडुवाल पाँचौं हप्ताको र मदनलाल कालुराम, देवबहादुर बकावल, वीरेन्द्रकुमार तुम्बापो, देवलाल मेल्हे, लोक रसाइली, इर्साद अलि खान र खेमबहादुर लिम्बु छैठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । उनीहरुले एक-एक सेट सामसुङ फाेन प्राप्त गर्नेछन् ।