काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुले लिने एक्स्ट्रा सुविधाले समस्या आएको बताएका छन् ।
शुक्रबार एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान)ले दीगो आर्थिक विकास विषयमा गरेको कार्यक्रममा उनले अर्थतन्त्र संकटमा पर्दा अतिरिक्त सुविधा(प्रिमियम) लिएर समस्या परेकाे बताए । संकटलाई बैंकले अवसरको रुपमा लिएको उनले बताए ।
उनले मौद्रिक नितिले अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको आरोप लगाएका छन् । ‘मौद्रिक नितिले अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको छ, ब्याजदर बढ्दा समस्या उत्पन्न भएको छ, उधोग क्षेत्रमा अहिले ४०(५० प्रतिशतको ह्रास आएको छ,’ उनले भने ।
यस्तै, गोल्छाले पछिल्लो तथ्यांक हेर्दा एफडिआई बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा गरिएको बताए । उनले लामो समय रेमिटेन्समा निर्भर भए झनै समस्या आउने बताएका छन् ।