आर्शिवाद दाल मिल्सको ब्यापार दोब्बरले बढ्यो, एकै वर्ष पौने ८३ करोड आम्दानी

<p>काठमाडौं । आर्शिवाद दाल मिल्सको ब्यापार दोब्बरले बढेको छ । दाल उत्पादनसँगै आयात गर्ने यस कम्पनीले सन् २०२१ मा ८२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष अर्थात् सन् २०२० को तुलनामा दोब्बर हो । सन् २०२० मा यस कम्पनीले ४० करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले विभिन्न देशबाट कच्चा [&hellip;]</p>

काठमाडौं । आर्शिवाद दाल मिल्सको ब्यापार दोब्बरले बढेको छ । दाल उत्पादनसँगै आयात गर्ने यस कम्पनीले सन् २०२१ मा ८२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो वर्ष अर्थात् सन् २०२० को तुलनामा दोब्बर हो । सन् २०२० मा यस कम्पनीले ४० करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर  नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । यस्तै, सन् २०१९ मा यस कम्पनीले ४० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २०१६ मा स्थापना भएको यो कम्पनील विभिन्न किसिमका दालहरु उत्पादन तथा आयात गरेर बजारमा बिक्री गर्दै आएको छ । कम्पनी पर्सा बारामा छ ।

यस कम्पनीले ब्राण्डको नाम भने जगत हो । कम्पनीले विशेष गरेर मुन र मासको दाल बिक्री गर्दै आएको छ । कम्पनीले ऋण सुविधाका लागि रेटिङ गराएको छ । कम्पनीले ७४ करोड ७० लाख रुपैयाँ ऋण सुविधाका लागि केयर नेपाल रेटिङ एजेन्सीबाछ डबल बीको रेटिङ पाएको छ ।

 

Share News