मैले शक्तिको भरपुर प्रयोग गरें, धन सम्पत्तिको खाँचो छैन : विनोद चौधरी

<p>काठमाडौं । उद्योगपती विनोद चौधरीले आफूले शक्तिको भरपुर प्रयोग गरेको बताउँछन् । द एसोसिएसन अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) को दीगो आर्थिक विकास कार्यक्रममा बोल्दै उनले ब्यक्तिगत रुपमा शक्तिको नजिक बसेर धेरै प्रयोग गरेको बताएका हुन् । ‘मलाई नाम र धन सम्पत्तिको कुनै खाँचो छैन, मैले शक्तिको भरपुर प्रयोग गरेको छु, ब्यक्तिका हिसावले मैले [&hellip;]</p>

काठमाडौं । उद्योगपती विनोद चौधरीले आफूले शक्तिको भरपुर प्रयोग गरेको बताउँछन् । द एसोसिएसन अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल (एक्यान) को दीगो आर्थिक विकास कार्यक्रममा बोल्दै उनले ब्यक्तिगत रुपमा शक्तिको नजिक बसेर धेरै प्रयोग गरेको बताएका हुन् ।

‘मलाई नाम र धन सम्पत्तिको कुनै खाँचो छैन, मैले शक्तिको भरपुर प्रयोग गरेको छु, ब्यक्तिका हिसावले मैले शक्ति धेरै प्रयोग गरको छु, अब आफूले जनताका लागि सकेसम्म अन्तिम प्रयास गर्नेछु, विनोद चौधरी जनताको प्रतिनिधि हो, विकासका लागि राजनीति गर्न आएको हुँ, उनले भने, ‘जनताले देखेको सपना, लुकेको क्षमतालाई खोज्ने प्रयास गर्नेछु ।’

विकास चाहने प्रत्येक नेपालीलाई विनोद चौधरी तपाइको प्रतिनिधि हो भनेर चिनाउन चाहेको उनको भनाइ छ ।

साथै, एक्यानले चौधरीलाई कर्पोरेट एक्सलेन्स (उत्कृष्ट व्यवसायी) अवार्डबाट सम्मान समेत गरेको छ । चौधरीले आफू चार्टर्ड अकाउन्टेन्ट बन्ने इच्छा भएपनि त्यो पुरा नभएको बताए । ‘आफूलाई पनि चार्टर्ड एकाउन्टेन्ट हुने चाहाना थियो, अहिले चार्टर्ड एकाउन्टेन्टको जमात हेर्दा आफू चुकेको जस्तो लाग्छ,’ उनले भने ।

उनले बहुदलपछि धेरै सरकार परिवर्तन भए तर विकासको नाममा कुनै सिन्को नभाँचेको गुनासो गरे ।

Share News