सरकारले गरेको लगानी बालुवामा पानी हालेको जस्तै भयो : टंकमणी शर्मा

<p>काठमाडाैं । महालेखा परीक्षक टंकमणी शर्मा डंगालले नेपालको अर्थतन्त्र अण्डर भ्याल्यु भएको बताएका छन् । शुक्रबार एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान)ले दीगो आर्थिक विकास विषयमा गरेको कार्यक्रममा उनले यस्ताे बताएका हुन् । उनले नेपालको जिडिपी जति हो त्यो सबै एकाउन्टमा नआएको बताए । &#8216;जिडिपी अहिलेको भन्दा बढी हुनुपर्ने हो तर विभिन्न कारणले ठोस जिडिपी आएको छैन,&#8217; उनले भने [&hellip;]</p>

काठमाडाैं । महालेखा परीक्षक टंकमणी शर्मा डंगालले नेपालको अर्थतन्त्र अण्डर भ्याल्यु भएको बताएका छन् । शुक्रबार एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान)ले दीगो आर्थिक विकास विषयमा गरेको कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

उनले नेपालको जिडिपी जति हो त्यो सबै एकाउन्टमा नआएको बताए । ‘जिडिपी अहिलेको भन्दा बढी हुनुपर्ने हो तर विभिन्न कारणले ठोस जिडिपी आएको छैन,’ उनले भने ।

यस्तै, शर्माले उम्मेदवारलाई भेला गराएर दीगो विकासको बारेमा जानकारी गराउनु पर्ने अवस्था आएको बताएका छन् । उनले सरकारले गरेकाे लगानी बालुवामा पानी हालेकाे जस्तै भएकाे बताएका छन् ।

 

 

Share News