काठमाडौं । द एसोसिएसन अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल(एक्यान)का अध्यक्ष दिपक पाण्डेले सरकारले विदेशी लगानी भित्र्याउन सहयोग नगरेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा विदेशी लगानी भित्र्याउन सहज वातवरण नभएको बताए । उनले दिगो विकासलाई जोड दिनुपर्नेमा ढुङ्गा हान्नेलाई नेपालमा सपोर्ट गर्ने गरेका आरोप लगाए ।
यस्तै, पाण्डेले नेपाल जस्तै अर्थतन्त्र रहेका देशहरूले ठूलो फड्को मार्दा नेपालको स्थिति उस्तै रहेको बताए । ‘नेपालको अर्थतन्त्र आयातमा मात्रै निर्भर रह्यो, अबको बिकास मेगा यातायात, मेगा लगानीमा जोड दिनुपर्नेछ,’ उनले भने ।
भ्रष्टाचारले लागत बढाएको र काम गर्ने मान्छेलाई नेपालमा काम गर्ने वातवरण नभएको उनी बताउँछन् ।