काठमाडाैं । उम्मेदवार तथा राजनीतिक दलले निर्वाचनमा गरेको खर्च विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने भएकाे छ । राष्ट्रिय निर्वाचन आयाेगले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन यस्ताे गरिएकाे आयाेगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
यस्तै, आयाेगले प्रचार सामग्री राखिएको, भित्ते लेखन गरिएको, तुल ब्यानर टाँगिएको, डिजिटल डिस्प्ले गरिएको, पर्चा टाँसिएको पाए सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण साेधी कारवाही अगाडी बढाउने जनाएकाे छ ।