
काठमाडौं । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पाँच जना मन्त्रीलाई पद मुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् भने सांसद नभएकाले एक जनाको पद संविधान अनुसार गुमेको छ ।
जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।
श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्री थिए । यादव कृषि तथा पशुपन्क्षी विकास मन्त्री थिए । राई भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए भने प्रदिप यादव वन तथा वातावरण मन्त्री थिए ।
संसद सदस्य नरहेका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द्र प्रसाद कोइरालाले ६ महिनाभित्र सांसद पद नपाएपछि स्वतः पद गुमाएका हुन् ।