माछापुच्छ्रे बैंकका भिसा कार्ड भएकाले १८० देशबाट सजिलै रेमिट्यान्स पाउन सक्ने

<p>काठमाडाैं । माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । यस सेवा मार्फत विदेशबाट यस बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिनेछ । यस सेवा मार्फत भिसा डायरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा [&hellip;]</p>

काठमाडाैं । माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनल सँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको सुरुवात गरेको छ । यस सेवा मार्फत विदेशबाट यस बैंकको भिसा कार्ड प्रयोगकर्ता ग्राहकहरुलाई बिना झन्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिनेछ ।

यस सेवा मार्फत भिसा डायरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट नेट–बैंकिङ, मोबाइल वा एटीएम मार्फत १६ अंकको भिसा कार्ड नम्बरमा विश्वको जुनसुकै कुनाबाट नेपालमा रकम पठाउन सकिनेछन् ।

उक्त सेवा मार्फत स्वदेश र विदेशबाट सरल, सहज, र सुरक्षित तरिकाले १६ अंकको भिसा कार्ड मार्फत सस्तो दरमा रियल टाइममा रेमिट्यान्स पाउन सकिनेछन् ।

माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप संचालनमा ल्याएको छ ।

Share News