काठमाडाैं । काठमाडौं उपत्यका विकास प्राधिकरणले असाेज ३१ गतेभित्र उपत्यकाका सार्वजनिक रूपमा प्रयोग भइरहेका भवन तथा जग्गाको नाप-नक्सालगायत कागजात बुझाउन निर्देशन दिएको छ ।
प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका सबै व्यापारिक भवन, संयुक्त आवास, सामुहिक आवास, सम्पूर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्था लगायतका सार्वजनिक प्रयोग भइरहेका भवन तथा जग्गाको नाप नक्शा लगायतका कागतजात बुझाउन निर्देशन दिएको हाे ।
उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ शहरीकरणको विषयमा मापदण्ड तय गर्ने र त्यसको कार्यान्वयन भए नभएको विषयमा निरीक्षण गर्ने प्राधिकरणले उक्त निर्देशन दिएकाे जनाएकाे छ ।