काठमाडौं । निर्माण कम्पनी पीआर कन्स्ट्रक्सनले एक वर्षमा साढे ५० करोड रुपैयाँ आम्दानी गरेको हो । यस कम्पनीले सन् २०२२ मा ५० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको हो ।
सन् २०२१ को तुलनामा कम्पनीले ६९.४६ प्रतिशतले आम्दानी बढाएको हो । सन् २०२१ मा यस कम्पनीले २९ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०२० मा १२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
विश्व महामारीका रुपमा फैलिएको समयमा निर्माण क्षेत्र समस्यामा थियो । तर, विस्तारै निर्माण क्षेत्रले गति लिन थालेको छ । ललितपुरमा रहेको यस कम्पनीले सडक, पुल, हाउजिङ तथा अन्य ठूला परियोजना निर्माण गर्दै आएका छ ।
कम्पनीले ऋण सुविधाका लागि रेटिङ एजेन्सी केयर नेपालबाट रेटिङ गराएको छ । यस कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ ऋण सुविधा लागि रेटिङ गराएको हो । कम्पनीले डबल बीको रेटिङ पाएको छ ।