सिद्धार्थ बैंकले नारायणी अस्पताललाई भवनलाई मर्मत गर्न ५५ लाख दिने

<p>काठमाडौं । सिद्धार्थ बैंकले वीरगंज स्थित नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । बैंकले अस्पतालको भवनलाई मर्मत तथा सम्भार गर्नको लागि उक्त रकम सहयोग गर्ने भएको हो । उक्त कार्यको समन्वय तथा सहजीकरण गैर नाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ । अस्पताललाई सहयोग रकम उपलब्ध गराउन बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, नारायणी अस्पतालका [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ बैंकले वीरगंज स्थित नारायणी अस्पताललाई ५५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बैंकले अस्पतालको भवनलाई मर्मत तथा सम्भार गर्नको लागि उक्त रकम सहयोग गर्ने भएको हो । उक्त कार्यको समन्वय तथा सहजीकरण गैर नाफामुलक संस्था राउण्ड टेबल नेपालले गर्नेछ ।

अस्पताललाई सहयोग रकम उपलब्ध गराउन बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विरेन्द्र बहादुर प्रधान र राउण्ड टेबल नेपालका तर्फबाट उक्त संस्थाका नेशनल प्रेशिडेन्ट राहुल अग्रवालले सम्झाैता पत्रमा हस्ताक्षर गरेका छन् ।

बैंकबाट प्राप्त उक्त सहयोग रकम नारायणी अस्पतालको विरामीहरुका लागि निमार्णधीन भवनको सिभिल, फिनिसिङ्ग तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिनेछ ।

Share News