डेंगी दोहोर्याएर हुन्छ कि हुँदैन ?

<p>काठमाडौं । डेंगीका ४ वटा प्रजाति छन् । एकपटक डेंगी लागेपछि यदि आइजिएम एन्टिबडी बनेको छ भने त्यसले ३ महिना उक्त प्रजातिको लागि काम गर्दछ । यदि आइजिसी एन्टिबोडी बनेको छ भने उक्त प्रजातिको डेंगी भाइरसको लागि केहि वर्ष (कसैलाई आजीवन) एन्टिबडी शरीरमा रहन्छ । नेपालमा अहिले २ वटा डेंगीका प्रजाति छन् । एउटा प्रजातिको लामखुट्टेले [&hellip;]</p>

काठमाडौं । डेंगीका ४ वटा प्रजाति छन् । एकपटक डेंगी लागेपछि यदि आइजिएम एन्टिबडी बनेको छ भने त्यसले ३ महिना उक्त प्रजातिको लागि काम गर्दछ । यदि आइजिसी एन्टिबोडी बनेको छ भने उक्त प्रजातिको डेंगी भाइरसको लागि केहि वर्ष (कसैलाई आजीवन) एन्टिबडी शरीरमा रहन्छ ।

नेपालमा अहिले २ वटा डेंगीका प्रजाति छन् । एउटा प्रजातिको लामखुट्टेले टोकेको व्यक्तिलाई पून : अर्को प्रजातिको लामखुट्टेले टोक्यो भने दोहोर्याएर डेंगी हुन्छ । दोहोर्याएर डेंगी भयो भने पहिलेभन्दा निकै गाह्रो हुने, रक्तस्रावजन्य डेंगी हुनसक्ने र जोखिम बढ्ने हुनसक्छ । तसर्थ, डेंगी लागेर निको भएका व्यक्ति पनि लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ । हाल केहि व्यक्तिहरुमा पून: डेंगी दोहोरिएको छ ।

डेंगी हुँदैमा सबैकाेमा एन्टिबडी बन्दैन । मलाई डेंगी भयो, निको भएपछि परीक्षण गर्दा एन्टिबोडी बनेन । मलाई जुनसुकै बेला पनि डेंगी हुनसक्छ । डेंगी भएको १० दिनपछि हामीले डेंगी सेरोलोगी अर्थात् आइजिएम आइजिसी परीक्षण गर्यौं भने एन्टिबडी बने/नबनेको थाहा हुन्छ ।

अहिले सडकमा जतासुकै खाल्डा छन्, झ्यांग छन् । अहिले ती ठाउँमा औषधि छर्ने हो भने डेंगीको लार्भा मरेर अर्को साल समस्या हुँदैन । अन्यथा अर्को साल पनि डेंगी फैलिन सक्छ । स्थानीय निकाय खास गरेर हरेक वडाले हरेक टोलमा औषधि छर्ने, झ्यांग काट्ने अभियान संचालन गर्नुपर्दछ । हामी सबैले घरभित्र पानी जम्ने स्रोत नष्ट गर्नुपर्दछ ।

(सार्वजनिक स्वास्थ्य विशेषज्ञ डा. पाण्डेकाे फेसबुकबाट)

Share News