
काठमाडौं । नेपाली सेनाको लोगोसहितको व्यानर प्रयोग गरी एक गिरोहले रजनीगन्धा तस्करी गरेको भेटिएको छ । राजश्व अनुसन्धान विभागले ३११ केजी रजनीगन्धा चोरी पैठारी गर्दै आएका ४ जनालाई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
नुवकोट लिखु–३ का रामशरण बोगटी, सिरहा मिर्चैया–२ का अमित कुमार साह, अछाम पञ्चदेवल विनायक–१ का नमराज तिमिल्सैना र तिर्थराज ढकाल विरुद्ध विभागले मुद्दा दायर गरेको हो ।
उनीहरुले ट्रकको नम्बर नै नक्कली राखेको, नेपाली सेनाको लोगोसहितको व्यानर ट्रकमा राखेर विदेशबाट रजनीगन्ध ल्याउने र राजश्व छलि गर्ने काम गरेको आरोप उनीहरुमाथि लागेको छ । विभागले उनीहरुलाई १८ लाख ४६ हजार विगो तोकेको छ ।