देउवाको उम्मेदवारी कायमै राख्ने आयोगको फैसला

<p>काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ । देउवा विरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय गरेको आयोगले जनाएको छ । मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले उजुरी दिएका थिए [&hellip;]</p>

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मनोनयन कायमै राख्ने निर्णय गरेको छ । देउवा विरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा सामान्य त्रुटि फेला परेकोले उम्मेदवारी रद्द गर्नुपर्ने अवस्था नभएको भन्दै उम्मेदवारी कायमै राख्ने निर्णय गरेको आयोगले जनाएको छ ।

मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले उजुरी दिएका थिए ।

प्रतिनिधि सभा सदस्यमा डडेलधुराबाट उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ रहेको छ भने मतदाता नामावलीमा भने ३१ जेठ २००२ लेखिएको पाइएको थियो ।

Share News