स्विट्जरल्याण्डले दियो १०१ देशका ३५ लाख जनाको बैंक खाता विवरण

<p>वर्न । स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराएका छन् । उक्त देशको सङ्घीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण ती देशलाई उपलब्ध गराएको हो । कर अनुशासन सुधार गर्न तथा सम्भावित छली रोक्न भारत र स्विट्जरल्याण्डबीच सन् २०१८ मा बैंक खाता विवरण साझा गर्नेसम्बन्धमा द्विपक्षीय सहमति भएको थियो [&hellip;]</p>

वर्न । स्वीस अधिकारीहरूले भारतसहित एक सय एक देशसँग बैंक खाता विवरण उपलब्ध गराएका छन् । उक्त देशको सङ्घीय कर प्रशासनले ३५ लाख खाताको वित्तीय विवरण ती देशलाई उपलब्ध गराएको हो ।

कर अनुशासन सुधार गर्न तथा सम्भावित छली रोक्न भारत र स्विट्जरल्याण्डबीच सन् २०१८ मा बैंक खाता विवरण साझा गर्नेसम्बन्धमा द्विपक्षीय सहमति भएको थियो । उक्त सहमतिअनुसार स्विट्जरल्याण्डले उक्त विवरण भारतलाई उपलब्ध गराएको हो । स्विट्जरल्याण्डले यसअघि तीनपटक वित्तीय विवरण भारतलाई उपलब्ध गराइसकेको छ ।

सरकारी अधिकारीहरूका अनुसार प्राप्त विवरणबाट विदेशस्थित बैंकमा खोलिएको खाताको विवरणबारे सम्बद्ध निकायलाई खातावालाले दिएको जानकारी वास्तविक भएनभएको निर्क्रयाैल गर्न तथा कर अनुशासन कायम गर्न कर अधिकारीहरूलाई सहज हुनेछ ।

Share News