काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव कृष्णहरी पुष्कर कर्णसहितको टोली अमेरिका भ्रमणमा गएको छ ।
विश्व बैंकको कार्यक्रममा सहभागि हुनका लागि अर्थमन्त्री शर्मा र सचिव कर्ण अमेरिका भ्रमणमा गएको अर्थमन्त्रालयले जनाएको छ ।
सरकारले मंसिर चार गतेका लागि चुनाव घोषणा गरेको छ । उनीहरु चुनावको मुखमै अमेरिका भ्रमणमा गएका हुन् ।