काठमाडौं । मंगलबार सुनको मूल्य तोलाको १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सोमबार तोलाको ९५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन घटेर तोलाको ९४ हजार पुगेको छ ।
तेजावी सुन तोलाको ९३ हजार ५०० रुपैयाँमा पुगेको छ । सोमबार तेजावी सुन तोलाको ९५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर तोलाको १ हजार २१५ रुपैयाँ पुगेको छ ।