आज उम्मेदवारको नामावली प्रकाशन हुँदै

<p>काठमाडौं । निर्वाचन आायेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्दैैछ । आज उम्मेदवारहरुले आफूविरुद्ध परेको उजुरीको जवाफ दिउँसो २ बजेसम्म दिइसक्नुपर्नेछ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने जनाएको छ । भोलि बिहान [&hellip;]</p>

काठमाडौं । निर्वाचन आायेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्दैैछ ।

आज उम्मेदवारहरुले आफूविरुद्ध परेको उजुरीको जवाफ दिउँसो २ बजेसम्म दिइसक्नुपर्नेछ । निर्वाचन आयोगले आज साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने जनाएको छ ।

भोलि बिहान १० देखि १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ भने बुधवार नै ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।

Share News