देउवाको उम्मेदवारी विरुद्ध उजुरी, आयोगले भोलिसम्ममा निर्णय गर्ने

<p>काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै देउवाविरुद्ध उजुरी परेको हो । देउवाका प्रतिस्पर्धी कर्ण मल्लले जन्ममिति फरक परेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले देउवाको उम्मेदवारी खारेजीको माग गरेका छन् । प्रतिनिधि सभा सदस्यमा डडेलधुराबाट [&hellip;]</p>

काठमाडाैं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । मतदाता नामावलीमा र नागरिकतामा जन्ममिति फरक रहेको भन्दै देउवाविरुद्ध उजुरी परेको हो ।

देउवाका प्रतिस्पर्धी कर्ण मल्लले जन्ममिति फरक परेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा उनले देउवाको उम्मेदवारी खारेजीको माग गरेका छन् ।

प्रतिनिधि सभा सदस्यमा डडेलधुराबाट उम्मेदवारी दिएका देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ रहेकाे छ भने मतदाता नामावलीमा भने ३१ जेठ २००२ लेखिएको छ ।

Share News