चाडपर्वको अवसरमा शाओमीको मोबाइल फोनहरुमा विशेष छुट, यस्तो छ नयाँ मूल्य

<p>काठमाडौं । स्मार्टफोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा छुट दिने भएकाे छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ । शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा उपभोक्ताहरुको लागि कम मूल्यमा मोबाइल फोन [&hellip;]</p>

काठमाडौं । स्मार्टफोन ब्रान्ड शाओमीले चाडपर्वको अवसर पारेर सिमित अवधिको लागि आफ्नो मोबाइल सेटहरुमा छुट दिने भएकाे छ । चाडपर्वको शुभ अवसर पारेर आफ्ना उपभोक्ताहरुको लागि यो तिहार विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर अमित कुमार पंडाले नेपालीहरुको महान चाड तिहार नजिकिँदै गर्दा उपभोक्ताहरुको लागि कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउने बताए । ‘आशा छ यस अफर सँगै यहाँहरुको चाडपर्वको माहोल अझै रोमान्चक बन्ने छ,’ उनले भने ।

यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोट ११ सिरिजमा १ हजार, शाओमी १२ सिरिजमा ३ हजार र भर्खरै लन्च गरिएको पाकाे एमफाइभमा ५०० रुपैयाँसम्मकाे कम मुल्यमा मोबाइल सेट खरिद गर्न सक्नेछन् ।

यो अफर असोज २४ गते देखि कार्तिक १४ गते सम्म लागु हुने कम्पनीले जनाएकाे छ । 

Share News