असार मसान्तसम्मको लाइसेन्स र ब्लुबुक लिन रामशाहपथ जानुपर्ने

<p>काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सेवाग्राहीलाई गत आर्थिक वर्षको असार मसान्तसम्मको कागजपत्र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा लिन आउन अनुरोध गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै उपत्यका ट्राफिक प्रहरीले २०७८-७९ सम्म खिचिएका सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्र रामशाहपथमा लिन आउनु अनुरोध गरेको हो । २०७८-०७९ सम्म खिचिएका कागजपत्र असोज ३१ गते भित्र यातायात [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सेवाग्राहीलाई गत आर्थिक वर्षको असार मसान्तसम्मको कागजपत्र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा लिन आउन अनुरोध गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उपत्यका ट्राफिक प्रहरीले २०७८-७९ सम्म खिचिएका सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब र सवारी इजाजतपत्र रामशाहपथमा लिन आउनु अनुरोध गरेको हो ।

२०७८-०७९ सम्म खिचिएका कागजपत्र असोज ३१ गते भित्र यातायात व्यवस्था कार्यालय मिनभवनमा पठाउन लागिएकाले यस्ताे अनुराेध गरिएकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएकाे छ ।

 

 

Share News