काठमाडौं । मल्टीपर्पस फाइनान्सले सेयरधनीलाई ३५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । असोज ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १ बराबर ०.३५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
हाल संस्थाको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ छ । ३५ प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्ने छ ।
प्रस्तावित ३५ प्रतिशत हकप्रद सेयर संस्थाको वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् ।