काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि भण्डारी शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएकी थिइन् । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।