काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं क्षेत्र ८ मा उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा (एकीकृत समाजवादी) का सचिवसमेत रहेका श्रेष्ठले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी वि.सं. २०७४ को निर्वाचनमा नेकपा (एमाले) बाट सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।