सुनसरी-४ बाट मनोनयन दर्ता गराउँदै कार्कीले भने : मुलुकलाई गठबन्धनको खाँचो छ

<p>काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसका नेतासमेत रहेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराएका हुन् । नेपाली काँग्रेसका तर्फबाट सुनसरी ४ मा दोस्रो पटक उम्मेद्वारी दिएका कार्की एमालेका जगदीश कुसियतसँगको प्रतिष्पर्धामा छन् । मनोनयन दर्तापश्चात संचारकर्मीहरु [&hellip;]</p>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभातर्फ सुनसरी क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसका नेतासमेत रहेका कार्कीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इनरुवा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

नेपाली काँग्रेसका तर्फबाट सुनसरी ४ मा दोस्रो पटक उम्मेद्वारी दिएका कार्की एमालेका जगदीश कुसियतसँगको प्रतिष्पर्धामा छन् । मनोनयन दर्तापश्चात संचारकर्मीहरु संक्षिप्त कुराकानी गर्दै कार्कीले मुलुकको विकास र समृद्धिको चाहना पूरा गर्न निर्वाचन अपरिहार्य रहेको बताए । सत्ता गठबन्धनबाट जसपा बाहिरिएको प्रशंग कोट्याउँदै कार्कीले जसपाको ठाउँमा लोसपाको इन्ट्री भएको बताए ।

‘जसपा केही समस्या देखाएर बाहिरिएको छ, तर अहिलेको आवश्यकता हेरेर हामी अघि बढेका छौं, सोही अनुरुप लोसपासँग चुनावी तालमेल भएको छ, गठबन्धन मुलुकका लागि आवश्यक छ । निर्वाचनपछि पनि कायम रहने छ, मुलुकलाई राजनैतिक स्थिरताको खाँचो छ, त्यसैले गठबन्धनको आवश्यकता छ,’ उनले भने ।

यसैबीच नेकपा एमालेका नेता भीम आचार्यले सुनसरी २ बाट मनोनयन दर्ता गराएका छन् । आचार्य काँग्रेसका सीताराम मेहताको प्रतिष्पर्धीका बनेर चुनाव लड्दै छन् । उता नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ बाट मनोनयन दर्ता गराएका छन् । सुनसरी ३ मा पुनः गच्छदारको भिडन्त एमालेकी नेतृ भगवती चौधरीसँग हुँदैछ ।

Share News