गगन थापाले काठमाडौं-४ बाट गरे उम्मेदवारी दर्ता

<p>काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् । थापा यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भएका थिए । एमालेका राजन भट्टराईलाई ३४ सय ११ मतले पछि पार्दै उनी निर्वाचित भएका थिए । यो पटकपनि [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर थापाले उम्मेदवारी दर्ता गराएका हुन् ।

थापा यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित भएका थिए । एमालेका राजन भट्टराईलाई ३४ सय ११ मतले पछि पार्दै उनी निर्वाचित भएका थिए ।

यो पटकपनि उनी भट्टराईसँग नै चुनावी मैदानमा भिड्दैछन् ।

Share News