उम्मेदवारी मनोनयन दर्ता गर्दै मन्त्री भुषालले भनिन् : एक जनाको हिरोइजमले केही हुँदैन

<p>काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आईतबार निर्वाचन अधिकृतको कार्यलयमा पुगि उनले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् । उनी उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित [&hellip;]</p>

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

आईतबार निर्वाचन अधिकृतको कार्यलयमा पुगि उनले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन् ।

उनी उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् । उनी नेवारी झाँकीसहित उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन् । उम्मेदवारी मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भुसालले अबको निर्वाचनले संविधानको कार्यान्वयन, संस्थागत गर्ने र लोकतन्त्रलाई बलियो बनाउने बताइन् ।

स्वतन्त्रहरुप्रति इंगित गर्दै मन्त्री भुसालले नेपालको संविधानले बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष भन्ने कुरा सुनिश्चित गरेको उल्लेख गर्दै कुनै एक जनाको हिरोइजमले नेपालमा केही पनि नहुने बताइन् ।

Share News