काठमाडौं । सेयर बजारका लगानीकर्ता हरि ढकालले प्रतिनिधि सभाको सदस्यको लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभाको लागि चितवन क्षेत्र न.१ बाट आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।
उनले आइतबार चितवन क्षेत्र न.१ को निर्वाचन आयोगको कार्यालयमा उम्मेदवारी दर्ता गरेको जानकारी गराएका हुन् । उनलाई भोट हाल्ने चुनाव चिन्ह ‘घण्टी’ रहेको छ ।
‘अबको यात्रा यस क्षेत्रमा रहनुहुने सम्पूर्ण आमा, बुबा, दाजुभाइ, दिदीबहिनी, काकाकाकी, भाइ-बहिनी, साथीहरूसंगै अनन्त कालसम्म हुनेछ, आशा छ यहाँहरुको साथ, सपोर्ट र माया सदैव प्राप्त गर्ने सौभाग्य मिल्नेछ,’ उम्मेदवारी दर्ता गर्दै उनले भनेका छन् ।
तस्वीरः सामाजिक सञ्जालबाट