आँफै जन्मेको पाठेघरबाट बच्चा जन्माउने सफल प्रत्यारोपण

<p>एजेन्सी । भारत जुनागढकी रिना बाघासिया आफ्नो पाठेघर ट्रान्सप्लान्ट पश्चात सञ्चारमाध्यमलाई आफ्नी आमाले आफूलाई पाठेघर दिएको बताइन् । जुन गर्भबाट आफू जन्मेकी थिइन सोही गर्भबाट आफ्नो बच्चा जन्मिने उनले बताइन् । बाघासियाको जन्मसँगै नै गर्भासय २ भागमा बाँडिएको थियो । तर, सो कुरा उनले आफ्नो विवाहपश्चात मात्रै थाहा पाइन् । बच्चा नभएपछि उपचारको क्रममा उनको [&hellip;]</p>

एजेन्सी । भारत जुनागढकी रिना बाघासिया आफ्नो पाठेघर ट्रान्सप्लान्ट पश्चात सञ्चारमाध्यमलाई आफ्नी आमाले आफूलाई पाठेघर दिएको बताइन् । जुन गर्भबाट आफू जन्मेकी थिइन सोही गर्भबाट आफ्नो बच्चा जन्मिने उनले बताइन् ।

बाघासियाको जन्मसँगै नै गर्भासय २ भागमा बाँडिएको थियो । तर, सो कुरा उनले आफ्नो विवाहपश्चात मात्रै थाहा पाइन् । बच्चा नभएपछि उपचारको क्रममा उनको गर्भासय २ भागमा बाँडिएको विषयमा उनलाई थाहा भयो, सो अवस्थाको उपचार हुन नसकेमा उनको जीवनभर बच्चा हुन सक्दैनथ्यो ।

इन्स्टिच्युट अफ किड्नी डिजिज एण्ड रिसर्च सेन्टरका डाक्टर बिनित मिश्रका अनुसार सो इन्स्टिच्युटले पहिलोपटक सफलतापूर्वक २ महिलाको गर्भासय ट्रान्सप्लान्ट गरेको छ । डाक्टर शैलेश पुणताबेकरका अनुसार स्वीडेन र अमेरिकापछि भारत अहिले गर्भासय ट्रान्सप्लान्टको विषयमा तेस्रो देश बन्न सफल भएको छ ।

डाक्टरका अनुसार जुन महिलाहरुको शरीरमा जन्मसँगै गर्भासय नभएको वा सो सम्बन्धी समस्या छ भने उनीहरुको गर्भासय प्रत्यारोपण गर्न सकिन्छ । जुन महिलाको उमेर ४९/५० वर्ष सम्मको छ र उनको निरन्तर रजस्वला भइरहेको छ भने ती महिलाले समस्या भएकी महिलालाई गर्भासय प्रत्यारोपण गर्न सक्ने डाक्टर बताउँछन् । महिला प्रत्यारोपण ग्रहण गर्ने महिला जन्मदेखि नै महिला भएको हुनुपर्छ ।

आमाको शरीरमा भएको गर्भासय छोरीको शरीरमा किन प्रत्यारोपण गरिन्छ ? यस सवालमा डाक्टर मानसी चौधरी बताउँछिन की आमा र छोरीको जिन एक जस्तै हुन्छ । यस्तो अवस्थामा सेल र कोशिका पनि एक जस्तै हुन्छन् । कुनै पनि मानिसको शरीरले बाहिरी प्रवेशलाई स्वीकार गर्दैन तर आमाको गर्भासय छोरीमा प्रत्यारोपण गर्दा शरीरले त्यसलाई अस्वीकार गर्दैन ।

डाक्टर शैलेश पुणताबेकरका अनुसार भारतमा प्रतिवर्ष ५ हजार जन्मिएका छोरीमध्ये १ छोरी गर्भासय बिना नै जन्मिएका हुुन्छन् । कुनै महिलामा गर्भासय नहुनेकुरा जेनेटिक असामान्यता मानिन्छ । डाक्टर पुणताबेकरले गर्भासय प्रत्यारोपण केबल गर्भधारणको लागि गरिने भएकाले ५ वर्षपछि त्यसलाई निकाल्दा राम्रो हुने सल्लाह दिन्छन् । बीबीसीबाट लिइएको ।

Share News