राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पौडेलले दिए राजीनामा

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिए । २० गतेदेखि लागू हुने गरी प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष राजीनामा दिएको बताए । ‘चुनावमा उम्मेदवारका रुपमा उठेपछि सार्वजनिक पदबाट राजीनामा दिनु पर्ने प्रावधान छ, सोही अनुसार २० गतेदेखि लागू हुने गरी [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेलले मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिन आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिए ।

२० गतेदेखि लागू हुने गरी प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष राजीनामा दिएको बताए । ‘चुनावमा उम्मेदवारका रुपमा उठेपछि सार्वजनिक पदबाट राजीनामा दिनु पर्ने प्रावधान छ, सोही अनुसार २० गतेदेखि लागू हुने गरी राजीनामा दिएको हुँ,’ पौडेलले विकासन्युजसँग भने ।

गत वर्षको साउनमा उनी आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।  डा. पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ थिए । उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधि उपाधि प्राप्त गरेका छन् ।

उनले राजीनामा दिएसँगै वरिष्ठताको आधारमा आयोगका सदस्य दिल बहादुर गुरुङलाई कार्यवाहक उपाध्यक्ष बनाउने तयारी भइरहेको पनि बुझिएको छ ।

पौडेल चितवन एक नम्बर क्षेत्रमा काँग्रेसबाट चुनाव लड्दैछन् ।  उनको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे रहेका छन् ।

सम्बन्धित सामग्री :  उपाध्यक्ष बनेको एक वर्षमै आयोगबाट विश्व पौडेल ‘आउट’ हुँदै, कार्यवाहक उपाध्यक्ष बन्दै गुरुङ

Share News