उपाध्यक्ष बनेको एक वर्षमै आयोगबाट विश्व पौडेल ‘आउट’ हुँदै, कार्यवाहक उपाध्यक्ष बन्दै गुरुङ

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पदबाट राजीनामा दिने तयारी गरेका छन् । नेपाली काँग्रेसले चितवन क्षेत्र नम्बर १ बाट उनलाई उम्मेदवार बनाएसँगै उनले राजीनामा दिने तयारी गरेका हुन् । उनी आयोगको उपाध्यक्ष बनेको एक वर्षमै राजीनामा दिन लागेका हुन् । गत वर्षको साउनमा उनी आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । आयोग [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले पदबाट राजीनामा दिने तयारी गरेका छन् । नेपाली काँग्रेसले चितवन क्षेत्र नम्बर १ बाट उनलाई उम्मेदवार बनाएसँगै उनले राजीनामा दिने तयारी गरेका हुन् । उनी आयोगको उपाध्यक्ष बनेको एक वर्षमै राजीनामा दिन लागेका हुन् ।

गत वर्षको साउनमा उनी आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । आयोग स्रोतका अनुसार उनले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिने तयारी गरेका हुन् ।

‘उपाध्यक्षज्यूले आयोगमा पनि राजीनमा दिन्छु भनिसक्नु भएको छ, राजीनामा नदिएर उम्मेद्वारको मनोनयन गर्न पदन पाइँदैन, राजीनामाको पत्र देखाएर मात्रै मनोनयन गर्न पाइन्छ, त्यसैले आज नै राजीनामा आउन सक्छ,’ आयोग स्रोतले भन्यो ।

डा. पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ थिए । उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट उनले विद्यावारिधि उपाधि प्राप्त गरेका छन् ।

उनले राजीनामा दिएसँगै वरिष्ठताको आधारमा आयोगका सदस्य दिल बहादुर गुरुङलाई कार्यवाहक उपाध्यक्ष बनाउने तयारी भइरहेको पनि बुझिएको छ ।

Share News