काठमाडाैं । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट व्यवसायी उमेश श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामाछाने भिड्ने भएका छन ।श्रेष्ठ काँग्रेस र लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भिड्ने भएका हुन् ।
यस्तै एमालेकाे तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर २ मा कृष्णभक्त पोखरेल उम्मेदवार बन्ने भएका छन् ।
प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री रहेका श्रेष्ठ र लामिछानेले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्न टिकट पाएको यो पहिलो हो ।
आइतबारबाट देशभर प्रत्यक्षतर्फका उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो । उम्मेदवारी दर्ता अहिले बिहान १० बजे सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ ।