डीभी खुल्यो, पासपोर्ट नचाहिने, आफैले यसरी भर्नुहोस्

<p>काठमाडौं । आज (शुक्रबार) देखि अमेरिकाका लागि डाइभर्सिटी भिसा (डीभी) भर्न पाइने भएको छ । अमेरिकाले सन् २०२४ का लागि आवेदन खुला गरेसँगै डीभी भर्न पाइने भएको हो । अब कात्तिक २२ गतेसम्म् डीभी भर्न सकिने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । गत वर्ष डीभी भर्नका लागि पासपोर्ट अनिवार्य गरे पनि यो वर्ष भने अनिवार्य [&hellip;]</p>

काठमाडौं । आज (शुक्रबार) देखि अमेरिकाका लागि डाइभर्सिटी भिसा (डीभी) भर्न पाइने भएको छ । अमेरिकाले सन् २०२४ का लागि आवेदन खुला गरेसँगै डीभी भर्न पाइने भएको हो ।

अब कात्तिक २२ गतेसम्म् डीभी भर्न सकिने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ । गत वर्ष डीभी भर्नका लागि पासपोर्ट अनिवार्य गरे पनि यो वर्ष भने अनिवार्य गरिएको छैन । जोसुकैले पनि निःशुल्क रुपमा डीभी पर्न सक्नेछन् ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरुको विवरण उल्लेख गर्नु पर्ने, विगत ६ महिना भित्र खिचिएको फोटो प्रयोग गर्नु पर्ने, स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरुको लागि शुल्क तिर्नु नपर्ने भएको छ । आवेदन दिनको लागि तपाईं https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ।

सबै विवरणसहित फर्म भरेर सबमिट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितको पत्र प्रिन्ट गर्नुपर्छ। डिभीका लागि छनोटमा परे/नपरेको थाहा पाउन कुनै फोन र इमेल नआउने भन्ने हल्लाका पछाडि नलाग्न दूतावासले सचेत गराएको छ।

Share News