काठमाडौं । अहिले दशैं मनाउन उपत्यकाबाट बाहिरिएकाहरु काठमाडौं फर्किने क्रम बढ्दो छ । देशभर भारी वर्षाका कारण धेरै ठाउँमा सडक अवरुद्ध भइरहेका छन् । जसको कारण बसमा यात्रा गर्ने यात्रुहरुले समस्या भोग्नु परेको छ ।
सडकमा लामो यात्रा गरेर समस्या भोग्नुभन्दा सहज रुपमा छोटो समयमै जहाजमा यात्रा गर्ने चाहना धेरैको हुन्छ । तर, जहाजमा भनेजति भाडा तिर्न भने नसक्ने अवस्था हुन सक्छ ।
अहिले नेपालका धेरै वायुसेवा कम्पनीहरुले धेरै ठाउँका विमानस्थलमा उडान सेवा दिँदै आएका छन् । कतिपय अवस्थामा यात्रुको चापका कारण टिकट नपाइने अवस्था छ भने कतिपय ठाउँमा पाइए पनि महँगो टिकट तिर्नु पर्ने बाध्यता छ । आज हामीले विभिन्न विमानस्थलबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउन कति भाडा लाग्छ भनेर यो सामग्री तयार पारेका छौं ।
१. धनगढी-काठमाडौं
श्री एयरलाइन्स
नेपालको सबैभन्दा लामो हवाई रुट धनगढीदेखि काठमाडौं हो । श्री एयरलाइन्सले शनिबारका लागि ११ हजार ९ सय २५ देखि १६ हजार ९सय २५ रुपैयाँसम्म भाडा निर्धारण गरेको छ । बिहान ७ः१० बजे ११ हजार ९२५ रुपैयाँ तोकिएको छ भने साँझ ४ः३० बजेका लागि १६ हजार ९२५ रुपैयाँ कायम भएको छ ।
सौर्य एयरलाइन्स
सौर्य एयरलाइन्सले धनगढीदेखि काठमाडौंसम्मको हवाइ भाडा ११ हजार ९२५ रुपैयाँदेखि १२ हजार ९२५ रुपैयाँसम्म निर्धारण गरेको छ । तर, यसको जवहाज सीमित छन् ।
बुद्ध एयर
शनिबार र आइतबारका लागि भने बुद्ध एयरको जहाजको टिकट छैन । बुद्ध एयरको सबै जहाजको बुकिङ भइसकेको बुझिएको छ ।
२. पोखरा-काठमाडौं
गुण एयरलाइन्स
गुण एयरलाइन्सले पोखरादेखि काठमाडौंसम्मको हवाइ भाडा ५ हजार ६१५ रुपैयाँ भाडा निर्धारण गरेको छ ।
यति एयरलाइन्स
यति एयरलाइन्सले ६ हजार ७६० रुपैयाँ निर्धारण गरेको छ ।
बुद्ध एयर
बुद्ध एयरले न्यूनतम ५ हजार ७८५ देखि अधिकतम् ६ हजार ८८५ रुपैयाँ निर्धारण गरेको छ ।
श्री एयरलाइन्स
श्री एयरलाइन्सले न्यूनतम ५ हजार ७८५ देखि अधिकतम् ६ हजार ८८५ रुपैयाँ निर्धारण गरेको छ ।
३. विराटनगर-काठमाडौं
यति एयरलाइन्स
६ हजार ८९० रुपैयाँ ।
गुण एयरलाइन्स
७ हजार २०० देखि १० हजार १०५ रुपैयाँसम्म ।
सौर्य एयरलाइन्स
७ हजार ४०० देखि १० हजार १०५रुपैयाँसम्म ।
श्री एयरलाइन्स
७ हजार ४०५ देखि १ हजार १०५ रुपैयाँसम्म ।
यति एयरलाइन्स
यति एयरलाइन्सको ६ हजार ८९० देखि १० हजार १०५ रुपैयाँसम्म ।
४. भैरहवा–काठमाडौं
यति एयरलाइन्स
८ हजार ४५ देखि ८ हजार ६७५ रुपैयाँसम्म ।
श्री एयरलाइन्स
७ हजार ५७५ देखि ८ हजार ६७५ रुपैयाँसम्म ।
सौर्य एयरलाइन्स
८ हजार १००देखि ८ हजार ६७५ रुपैयाँसम्म ।
५. भद्रपुर-काठमाडौं
यति एयरलाइन्स
७ हजार ७७० देखि १२ हजार ८५५ रुपैयाँसम्म ।
श्री एयरलाइन्स
८ हजार ४५५ देखि १२ हजार ८५५ रुपैयाँसम्म ।
सौर्य एयरलाइन्स
८ हजार ८५० देखि १२ हजार ८५५ रुपैयाँसम्म ।
६. नेपालगञ्ज-काठमाडौं
यति एयरलाइन्स
९ हजार ९२० देखि १३ हजार ८८० रुपैयाँसम्म । नेपालगञ्जबाट काठमाडौंको अग्रिम टिकट बुकिङ शनिबार र आइतबारका लागि प्याक भएको छ ।