काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । आज बिहान १० बजे स्वदेश फर्किने भएका छन् । कतार एयरवेजको फ्लाइटबाट फर्कन लागेको उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए ।
लामिछाने केहीबेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लँदैछन् । अहिले प्रहरी विमानस्थलमा गाडी सहित पुगेको छ । विमानस्थलमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।