काठमाडौं । निरन्तर वर्षाका कारण आन्तरिक विमानस्थलहरुमा मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार बिहीबर बिहानका लागि निर्धारित सबै ठाउँका हवाई उडान प्रभावित भएको हो ।
काठमाडौंबाट विभिन्न ठाउँमा जाने उडान प्रभावित भएको छ । पहाडी भेगमा बाक्लो हुस्सुका कारण समेत हवाई उडान प्रभावित बनेको हो । आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने प्रभावित भएका छैनन् ।
हिजोदेखि निरन्तर वर्षा भइरहेको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार २१ गतेसम्म निरन्तर वर्षा हुने देखिएको छ । निरन्तर वर्षा हुँदा दशैं मनाउन गाउँ गएकाहरु गाउँबाट फर्किन समस्या भएको छ ।